• Sunday 4th of October 2026

कोहली, ऐयर र किशनले क्याच छाडेपछि कुशलले प्रहार गरे छक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा भारतीय फिल्डरले नेपालका दुवै ओपनर ब्याट्सम्यानको क्याच छाडेका छन् । दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए ।

पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए । त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए ।

त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका थिए । नेपालले पाँच ओभरमा २३ रन बनाएको छ । प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्न दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको यो खेलमा भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖