• Sunday 4th of October 2026

पावरप्लेमा नेपालले भारतविरूद्ध एक विकेट गुमाएर ६५ रन जोड्यो


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत नेपालले भारतविरुद्ध राम्रो सुरुवात गरेको छ।
श्रीलं‌काको पल्लेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १० ओ‌भरमा १ विकेट गुमाएर ६५ रन जोडेको छ।

नेपालका ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए।

भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।

यद्यपी भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖