• Sunday 4th of October 2026

टिमको जर्सी लगाएर नेपाली खेलाडीलाई हौसला बढाउँदै रवि


  • धनकुटा खबर
  • .

नेपालले भारतविरुद्ध खेलिरहेका एसिया कपमा टिमको हौसला बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मैदानमै पुगेका छन् ।

श्रीलंकाको क्यान्डी मैदानमा भइरहेको भारतविरुद्धको खेलमा नेपाली टिमको हौसला बढाउन रवि जर्सी लगाएर मैदानमा पुगेका हुन् । उनी श्रीमती निकिता पौडेलसहित खेल हेरिहेका छन् ।

भारतसँग पहिलोपटक खेल्दै गरेको नेपालको खेल हेर्न सयौंको संख्यामा समर्थकहरू मैदानमा पुगेका छन् ।

भारतविरुद्ध नेपालले शुरूआत राम्रो गरे पनि बीचमा केही सुस्ताएको छ । ३५ ओभरमा १६० रन कटाउँदा नेपालले ६ विकेट गुमाएको छ ।

Vianet communication
खेल हेर्न नायिका वर्षा सिवाकोटी पनि मैदानमा पुगेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖