• Sunday 4th of October 2026

नेपाल र भारतबीचको खेल १०ः३५ भित्र सुरु हुनैपर्ने, नभए स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०ः३५ भित्र सुरु हुनैपर्ने भएको छ । २० ओभर खेल खेलाउन १०ः३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ ।

त्यसअघि नेपाली समय अनुसार १०ः१५ बजे मैदानको निरीक्षण हुनेछ ।

श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २.१ ओभर ब्याटिङ गरेर १७ रन जोड्दा खेल वर्षाका कारण अवरुद्ध भएको थियो । खेल अवरुद्ध भएको साढे १ घण्टा भन्दा बढी भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖