• Sunday 4th of October 2026

मेला हेर्न गएका युवक मृत भेटिए


  • धनकुटा खबर
  • .

धनगढी । बझाङमा मेला हेर्न गएका युवक मृत भेटिएका छन् ।

जिल्लाको दुर्गाथली गाउँपालिका– ५ बस्ने ३० वर्षीय कृष्ण जप्रेल सैन खोलामा मंगलबार राती मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी सोही ठाँउको महालिंग देवताको मन्दिरमा लाग्ने धार्मिक मेलाबाट घर फर्किने क्रममा खोलामा निजले हामफाली मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली खटिएको छ ।

घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖