• Sunday 4th of October 2026

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ।

पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो।

कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनिघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो। उक्त कारमा चालक मात्रै सवार रहेको खुलेको छ। दुर्घटनाका क्रममा बाराको सिमरा उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय प्रविन गौतम भने बाँच्न सफल भएका छन्।

प्रहरीका अनुसार उनी कार दुर्घटनामा परेका बेला उछिट्टिएर बाँच्न सफल भएका हुन्। उनलाई कुनै किसिमको चोटपटक लागेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरीले चालक गौतमलाई नियन्त्रणमा लिएको छ।

235

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖