• Sunday 4th of October 2026

टायर पड्केर बस दुर्घटना हुँदा ४ जना घाइते


  • धनकुटा खबर
  • .

जनकपुरधाम । काठमाडौंबाट जलेश्वरका लागि छुटेको बस जनकपुरधाम-ढल्केबर सडकको सपहीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रदेश २-०३-००१ ख १२१५ नम्बरको सावित्री डिलक्स बस दुर्घटनामा परेको हो । अगाडिको टायर पड्केर बस सडकको रेलिङमा ठोक्किएको थियो ।

घाइतेहरूलाई प्रहरीले उद्धार गरी जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ । सह-चालक धादिङ गजुरी बस्ने ३७ वर्षीय उमेश बस्नेतको अवस्था गम्भीर छ । खुट्टा भाँचिएको र टाउकोमा चोट लागेका बस्नेतलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइतेहरू महोत्तरीको लोहरपट्टीका २७ वर्षीय शिवपुजन साह, जलेश्वर १२ का २३ वर्षीय आशिफ राइन्, सोही ठाउँका ३० वर्षीय भोला राई प्रादेशिक अस्पतालमै उपचाररत् छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖