• Sunday 4th of October 2026

‘बालोन डे’ओरको मनोनयन सार्वजनिक, ३० जनामा पनि परेनन् रोनाल्डो


  • धनकुटा खबर
  • .

काठमाडौं । बालोन डे’ओर २०२३ को अवार्डका लागि ३० खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले गएराति सार्वजनिक गरेको उक्त सूचीमा स्टार खेलाडीहरु समावेश हुँदा क्रिस्टियानो रोनाल्डो भने अटाएनन् ।

युरोपियन लिग खेल्ने खेलाडीहरुको बाहुल्य रहेको सूचीमा अमेरिकन क्लब गएका अर्जेन्टिनाका विश्वकप विजेता लिओनल मेसी मुख्य दाबेदारको रुपमा छन् । तर रोनाल्डो भने मनोनयनमा पर्न असफल रहे ।

गत वर्ष अर्जेन्टिनालाई आफ्नै कप्तानीमा विश्वकप जिताएका मेसी कीर्तिमानी आठौं पटक बालोन डे’ओर जित्ने दाबेदारको रुपमा छन् ।

आगामी अक्टोबर ३० मा अवार्ड कार्यक्रम आयोजना हुनेछ ।

यस्तै महिलातर्फ पनि केही दिनअघि मात्रै युरोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटीसहित ३० खेलाडी मनोनयनमा छन् । बोनमाटीकै कप्तानीमा स्पेनले विश्वकप उपाधि जितेको थियो ।

मनोनयनमा परेका खेलाडीहरु

जुलियन अल्भारेज, निकोलो बरेया, जुड बेलिङहम, करिम बेन्जेमा, यासिन बोनोउ, केभिन डे ब्रुएना, रुबेन डियाज, एन्टोनी ग्रीजमन, इल्के गुन्डोगान, जस्को भार्भिढोल, एर्लिङ हालान्ड, ह्यारी केन, रान्डल कोलो मुएनी, केभिचा केभारत्खेलिया, रोबर्ट लेवान्डोस्की, एमिलियानो मार्टिनेज, लाउटारो मार्टिनेज, केलिएन एमबाप्पे, लिओनल मेसी, किम मिन जाए, लुका मोडरिक, जमल मुसिएला, मार्टिन ओडेगार्ड, आन्द्रे ओनाना, भिक्टो ओसिमहेन, रोड्री, बुकायो साका, मोहमेद सलाह, बर्नार्डो शिल्भा, भिनिसियस जुनियर ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖