• Sunday 4th of October 2026

थाईल्यान्डविरुद्ध नेपालको मध्यम बलिङ


  • धनकुटा खबर
  • .

नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले १० ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।

तीव्र गतिकी बलर कविता कुँवरले ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच गराएकी थिइन् । त्यसपछि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले इनिङ सम्हाल्लेका छन् ।

चान्थम १४ र नानपाट १५ रनमा क्रिजमा छिन् । यी दुई ब्याटरको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ ।

यस खेलको विजेता टोली आगमी वर्ष हुने आइसिसी महिला ग्लोबल टि२० छनोट खेल्न पाउनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएकोछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖