• Sunday 4th of October 2026

मेसीको उत्कृष्ट गोलमा अर्जेन्टिनाको जित


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गर्‍यो।

ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे।

उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

छनोटका अन्य खेलमा पाराग्वे र पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १-० गोलले हराएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖