काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१ तिरिङ दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
शुक्रबार सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको उद्धार गरेको हो ।
उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार गरेको हो ।
उनलाई आफन्तको जिम्मा लगाइएको छ ।
