• Monday 5th of October 2026

साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको प्रहरीले जनकपुरधाम उपमहानगरपालिका- ४ बाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।

उनको साथबाट नेपाली १ हजार दरको नोट १ हजार ८५० र ५०० दरको नोट ४०० थान गरी कूल २० लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

शंका लागि साहको शरीर र उनले बोकेको झोलासमेतको खानतलासी गर्दा उक्त रकम बरामद भएको र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖