• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

शाहरूख खानको फिल्म ‘जवान’ बन्यो सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्म


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले भारतीय बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको छ।
फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ।
‘जवान’ ले शाहरूख खानकै फिल्म ‘पठान’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘पठान’ को हिन्दी संस्करणले ५५ करोड भारू कमाएको थियो।

‘जवान’ ले तमिल र तेलुगु संस्करणमा १० करोड भारू कमाएको छ।
भारतमै ७५ करोड भारू कमाएको फिल्मले विश्वभरबाट १५० करोडबढी कमाएको अनुमान छ। फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖