• Sunday 4th of October 2026

चार अर्धशतकसँगै न्युजिल्यान्डलाई इंग्ल्यान्डको चुनौतीपूर्ण लक्ष्य


  • धनकुटा खबर
  • .

एजेन्सी – कप्तान जस बटलर र बेन स्टोक्ससहित चार ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई २ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनायो ।

इंग्ल्यान्डका लागि चार ब्याटरले अर्धशतक प्रहार गरे । कप्तान जस बटलरले ६८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको इनिङ खेले ।

ओपनर ह्यारी ब्रुक र डेविड मलानले १५ ओभरमा ८० रन जोड्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । मलान ५३ बलमा ९ चौकासहित ५४ रनमा स्पिनर रचिन रविन्द्रको बलमा आउट भए । ब्रुक ४१ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

जो रुट ६ रनमै आउट भए । तर ओडिआई सन्न्यासपछि टोलीमा फर्किएका बेन स्टोक्सले ६९ बलमा ३ चौका र १ छक्कासहित ५२ रन जोडेका थिए । स्टोक्सको लय इंग्ल्यान्डलाई निकै महत्वपूर्ण हुनेछ ।

फिनिसर लियाम लिभिङस्टोनले ४० बलमा ३ चौका र ३ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेलेका थिए । डेविड विल्ली ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।

न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ७१ रन खर्चेर २ विकेट लिए । रचिन रविन्द्रले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖