• Monday 5th of October 2026

माईजोगमाईमा अश्लील हर्कत गर्ने काजीमानलाई बाह्रदशीमा पनि ‘नो इन्ट्री’


  • धनकुटा खबर
  • .

इलामः कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईको छ।

आज बसेको कार्पालिका बैठकले सो निर्णय गरेको हो। श्रोतले दिएको जानकारी अनुसार, गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राललाई पत्र पठाईने छ।

ईलामको माइजोगमाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहदा राईले एक महिला कर्मचारीसंग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाईरल भएको थियो।

तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत काजीमान राई र महिला कर्मचारीले लेखाको कार्यकक्षमा अनैतिक क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज बाहिरिएको थियो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत झापाको बाह्रदशीमा सरुवा भई आएका थिए । बाह्रदशीमा उनले दुइ दिन हाजिर गरेका थिए ।

केही महिनाअघि माइजोगमाइ गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लिल क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए । मुनालन्युजको सहयोगमा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖