• Sunday 4th of October 2026

एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलङ्का र बङ्लादेश खेल्दै


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् । यो खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖