• Monday 5th of October 2026

विश्वकप छनोटमा ब्राजिल र उरुग्वेको विजयी शुरूआत


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले विजयी शरूआत गरेका छन् । गएराति भएको खेलमा ब्राजिलले बोलिभियालाई र उरुग्वेले चिलीलाई पराजित गरेका हुन् ।

ब्राजिलले बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे । बोलिभियाका लागि भिक्टोर एब्रेगोले १ गोल फर्काए।

यस्तै उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उरुग्वेका डेएगो क्रुजले २ तथा फेडरिको डिपेटाले १ गोल गरे । चिलीका लागि भिडालले सान्त्वना गोल फर्काए।

दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖