फरवार्ड नेयमारले ब्राजिलका महान फुटबलर पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘रेकर्ड ब्रेक’ गरेका छन् । फिफा विश्वकप-२०२२ मा पेलेको कीर्तिमानसँग बराबरी गरेका नेइमारले गएराति ‘रेकर्ड’ तोडेका हुन् ।
पेलेले १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ७७ गोल गरेका थिए ।गएराति बोलिभियाविरुद्धको विश्वकप छनोट खेलमा नेयमारले दुई गोल गरे । दुई गोलसँगै नेयमार पेलेलाई पछि पार्दै ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका हुन् ।
नेयमारले ब्राजिलका लागि ७८ गोल गर्दै कीर्तिमान बनाएका हुन् । ब्राजिलका महान फुटबल खेलाडी पेलेको गत पुसमा ८२ वर्षको उमेरमा निधन भएको थियो ।
