• Monday 5th of October 2026

मेलामा आरकेस्ट्रा नल्याएको झोँकमा आयोजकमाथि मरणासन्न कुटपिट


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मेलामा आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्टमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ ।

धनुषाको कमला नगरपालिका–१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्टमी मेलामा आरकेस्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास भएको हो ।

शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका आयोजकलाई केही युवाहरूले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।

डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीन जना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा निर्घात कुटपिट भएको हो । कुटपिटबाट सिराहाका रवीन्द्र राम, दीपेन्द्र यादव र लभकुमार महरा सख्त घाइते भएका छन् । आफूहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरूले बताएका छन् ।

आक्रमणकारीहरूले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैयाँ नगद लगायतका सामान लुटेर भागेको घाइतेहरूले बताएका छन् ।kutpit2

घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको विजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । तीनै जनालाई पाइटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ ।

इलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖