• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पातलो कपालको लागि लगाउनुहोस् यी हेयर मास्क


  • धनकुटा खबर
  • .

काठमाडौँ । सबैलाई लामो कपाल मन पर्छ। तर यी कपाल बाक्लो र स्वस्थ देखिएमा मात्र राम्रो देखिन्छन्। वास्तवमा, जब कपालको उचित हेरचाह हुँदैन वा पोषण तत्त्वको कमी हुन्छ, तब यसको वृद्धि पनि कम हुन थाल्छ।

यस्तो अवस्थामा, यदि तपाईंले सही आहार लिनुभयो र तिनीहरूको उचित हेरचाह गर्नुभयो भने, तपाईंको कपाल छिट्टै लामो, बाक्लो र बलियो बन्न सक्छ। यहाँ तपाईंलाई यस्तो हेयर मास्क बनाउने रेसिपी बताइरहेका छौँ, जसलाई तपाईं घरमै सजिलै तयार गरी कपालमा लगाउन सक्नुहुन्छ।

नरिवल तेल, अण्डा, कागती, दही
एउटा कचौरामा एक चम्चा नरिवलको तेल लिनुहोस् र त्यसमा एउटा कागतीको रस, आधा कप दही र एक पूरै अण्डा राम्ररी मिलाउनुहोस्। यसलाई राम्रोसँग फिट्नुहोस् ।

अब यसलाई औँलाको सहायताले कपालको जरामा लगाउनुहोस्। एकपटक पूर्ण रूपमा लगाएपछि नुहाउने तौलियालाई तातो पानीमा डुबाउनुहोस् र यसलाई कपालको वरिपरि कसेर बेर्नुहोस् र १५ मिनेटसम्म राख्नुहोस्। यसपछि पानी र स्याम्पुले धुनुहोस्।

दालचिनी र नरिवल तेल
यदि तपाईंको कपाल पातलो भएको छ र वृद्धि पनि कम भएको छ भने तपाईं यो सजिलो उपाय प्रयोग गर्न सक्नुहुन्छ। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ र यसले टाउकोको रगतको प्रवाह बढाउने काम गर्छ। यसलाई बनाउनको लागि एक चम्चा नरिवलको तेल लिनुहोस् र त्यसमा एक चम्चा दालचिनी मिसाउनुहोस् । अब यसलाई कपालको जरामा लगाउनुहोस् र मसाज गर्नुहोस्। आधा घण्टा पछि धुनुहोस्। केही समयमै यसको असर देखिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖