• Monday 5th of October 2026

विवाह गर्ने भन्दै ‘बलात्कार’


  • धनकुटा खबर
  • .

काठमाडौं । झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल छन् ।

२२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमालले ती महिलालाई विवाह गर्ने आश्वासन दिँदै अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेको आरोप छ । सो उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖