• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

फर्सीको मुन्टा खाँदा हुन्छ ११ फाइदा!


  • धनकुटा खबर
  • .

हाम्रो भान्सामा सधै एकै तरकारी कहिले पनि पकाउने चलन हुँदैन। कहिले काउली कहिले तामा त कहिले फर्सी अनि अरु धेरै प्रकारका तरकारी पाक्ने गर्दछ। हाम्रो स्वास्थ्यको लागि फर्सीको तरकारी निकै नै लाभकारी हो भने फर्सीको पात वा मुन्टो खानाले पनि हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टो खानुको फाइदाबारे हामि सबैलाई थाहा नहुन सक्छ । के हुन् त् फाइदाहरु भन्ने बारे हामि तपाइलाई जानकारी दिनेछौ।

फर्सीको पात ( मुन्टा ) खानुको फाइदाहरु यस्तो छ
१.फर्सीको मुन्टालाई नियमित खानामा समावेश गरेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट बच्न सकिन्छ ।

images
images
२.फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । यसमा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।

३.आँखाको स्वास्थ्यको लागि लाभकारी फर्सीको मुन्टामा भिटामिन ए प्रसस्त मात्रामा पाइने हुँदा आँखाको लागि राम्रो हुन्छ भने आँखा कमजोर हुँदा फर्सीको मुन्टा खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

४.युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको मुन्टामा धेरै गुणहरु हुन्छ जसले शरीरलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ ।

५. फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ । क्यान्सरबाट जोगाउन फाइबरको सेवनले अनेक फाइदा हुन्छ ।

६.पाचन प्रणालीलाई स्वस्थ राख्छ फर्सीको पातमा पाइने पोटासियमले पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । फर्सीको पातको सेवनले उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

७.फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

८.फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरमा पनि जवान देखाउनमा सहयोगी हुन्छ ।

९.कोलेस्ट्रोललाई नियन्त्रण गर्न कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टा निकै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्थैदछ भने मुटुलाई पनि स्वस्थ राख्न मद्दत गदर्छ ।

१०.फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइने हुँदा छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाउँदछ ।

११.मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको साग खानु फाइदाजनक मानिन्छ । फर्सीको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖