• Sunday 4th of October 2026

‘द रेड सुटकेस’लाई भेनिसमा तीन मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली फिल्म ‘द रेड सुटकेस’लाई प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा रेडकार्पेट प्रिमियर गरिएको छ । फेस्टिभलको होरोजान्टे विधामा छानिएको यो फिल्मलाई १३ सय क्षमताको साला डेरसेना हलमा स्क्रिनिङ गरिएको थियो ।

प्रिमियरमा निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल र शोभा थापा, कलाकारहरु सौगात मल्ल, बिपिन कार्की र सृष्टि श्रेष्ठ सहभागि रहे । डेढ घन्टा हाराहारीको फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकले फिल्मलाई तीन मिनेटको स्टयान्डिङ ओभेसन दिएका थिए ।

मन पराएको फिल्मलाई दर्शकले यसरी नै तालीले स्वागत गर्ने परम्परा फेस्टिभलमा रही आएको छ । भेनिसमै यो साल ‘पुअर थिंक्स’का लागि योर्गोस लान्थिमोसले ७ मिनेट लामो स्टयान्डिङ ओभेसन पाएको चर्चा थियो ।

फिल्मको प्रदर्शनपछिको प्रश्नोत्तर सेसन भने रोचक बन्यो । प्रदर्शनपछि दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्मभित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖