• Monday 5th of October 2026

चौध दिन बित्यो,अझै भेटिएनन् सेनानी पण्डित


  • धनकुटा खबर
  • .

काठमाडौँ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको आज १४ दिन पुग्यो । दाजु हराएको १४ दिन पुगेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् ।

दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनीले फोटोसहित कसैले देखेमा सम्पर्कका लागि अनुरोध गरेकी हुन् ।

उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जालमार्फत दाजुको लागि पुकारा गरिरहेकी छिन् ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका पण्डित परिवार विगत १४ दिनदेखि पीडामा रहेका छन् । दिनरात छोराको खबरको प्रतीक्षा गर्दै घरमा वृद्ध बुवाआमाले दिन बिताइरहेका छन् भने बहिनीले सामाजिक सञ्जालमार्फत दाजुको सकुशलताका लागि कामना गरिरहेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖