धनगढी । डडेल्धुरामा पहिराेसँगै खसेकाे ढुंगा लागेर माेटरसाइकलमा सवार युवककाे मृत्युु भएकाे छ ।
केआईसिंह राजमार्ग अन्तरगत गन्यापधुरा गाउँपालिका-२ काे रडुवामा खसेको पहिरोसँगै आएकाे ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले शनिबार डाेटीकाे दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सवार ऐरलाई माथिबाट खसेकाे ढुंगा लागेकाे थियो ।
गम्भीर घाइते ऐनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा राति बाटाेमै मृत्युु भएकाे प्रहरी निरीक्षक नायकले बताए ।
ऐरकाे शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । रडुवामा शनिबार आएकाे पहिराेका कारण केआईसिंह राजमार्ग अवरुद्ध भएकाे छ ।-प्रेसपत्र
