पाँच वर्षीया छोरीसहित पोखराबाट एक महिला बेपत्ता भएकी छन ।
विगत दुइमहिनादेखि पोखरा –२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल पाँच बर्षिय छोरी ऋषिका सहित बेपत्ता भएकी हुन ।
उमा छोरीसहित गत असार २८ गते देखि सम्पर्क बिहीन भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
उनी विनाजानकारी घरबाट हिँडेकाले हालसम्म कसैको पनि सम्पर्कमा नआएकाले कसैले देखेको खण्डमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको हो ।
