• Monday 5th of October 2026

यि रहेछन् सुनसरीमा प्रहरीको हतियार ‘लुट्ने गिरोह’का सातजना


  • धनकुटा खबर
  • .

विराटनगर । सादा पोसाकका प्रहरीको हतियार र गोली लुटपाटमा संलग्न रहेको आरोपमा सातजना पक्राउ परेका छन् । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ शुक्रबारेमा सादा पोसाकमा खटिएका प्रहरीको साथबाट हतियार र गोली लुटपाट गर्नेहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले चोरी र लुटपाट नियन्त्रण गर्न दुहवीबाट खटिएको प्रहरी टोलीमाथि सुनसरीको बर्जु–१ मा शुक्रबार बिहान आक्रमण र लुटपाट भएको थियो । धेरै लुटपाट हुने त्यो क्षेत्रमा खटिएका सादा पोसाकका प्रहरीको साथबाट प्रहरीको पेस्तोल, छ राउन्ड गोली र म्यागजिन लुटपाट भएको थियो ।

उनीहरू सबै मोरङको बुढीगंगा गाउँपालिका विभिन्न स्थानमा लुकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–१ का ३० वर्षीय मोहमद, दुहवी–४ का ३२ वर्षीय नसुदिन मिया, अलिम मुर्तुजा, १४ वर्षीय बालक, दुहवी–६ बस्ने ४० वर्षीय मोहमद आलम, मोरङको बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम र बुढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया छन् ।

पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीका विभिन्न स्थानमा भएका १० वटा अपराधिक घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कार्यालयका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले उनी २०६४ सालमा डाँका र त्यसपछि पुनः डाँका ज्यान मुद्दामा फरार थिए ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल, एक लाख ७५ हजार नगद, ११ हजार ६०० भारु, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजु र सिक्रीसमेत बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖