काठमाडौ । विवादास्पद व्यवसायी तथा मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईं हङकङ पुगेर फर्केका छन् । राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईं हिजो मध्यरात साढे ११ बजे काठमाडौं आइपुगेका हुन् ।
उनी भदौ १९ गते क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०३ बाट त्यता गएका थिए ।
हङकङबाट कार्गोको रुपमा ल्याइएको मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र हालिएको ६१ किलोग्राम सुन साउन ३ गते विमानस्थलस्थित भन्सार कार्यालय बाहिरको सिनामंगलबाट बरामद भएको थियो । उक्त प्रकरणमा दुई दर्जन बढी पक्राउ परिसकेका छन् ।-जनआस्था
