• Monday 5th of October 2026

किन गरे भट्टराई दम्पतिले संगै आत्महत्या ?


  • धनकुटा खबर
  • .

तेजप्रसाद भट्टराई दम्पतिले सँगै विष सेवन गरेर आत्महत्या गरेका छन ।

झापा शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईलेसंगै बिष सेवन गरेर आत्महत्या गरेका हुन ।

यही भदौ १९ गते राति विषादी सेवन गरेर आत्महत्या गरेका उनीहरुकोसंगै एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ ।

विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित भएको कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गएका थिए ।

श्रीमानले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर, कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन ।

श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल पनि कमजोर आर्थिक अवस्थाकै कारण निकाल्न सकेका थिएनन् ।

१ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖