• Monday 5th of October 2026

किशोरीलाई बलात्कार गरेको आरोपमा पाख्रिबासका ६७ बर्षीय तामाङ पक्राउ


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको पाख्रिबासमा एक किशोरी बलात्कृत भएकी छिन् ।

१६ वर्षीया नाबालिका किशोरीको बलात्कार को आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ रहेका छन् ।

तामाङलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । विगत केही दिन अगाडि नै धटना घटेपनि परिवारले हिजो मात्र थाहा पाइ प्रहरीमा उजुरी दिएपछि पीडकलाई पक्राउ गरिएको हो ।

स्कुल आउने जाने क्रममा पीडकको पीडित संग चिनजान भएको र गएको आइतबार दिउँसो किशोरीलाई डरत्रास देखाई आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको तामाङमाथि आरोप छ ।

सो उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी धनकुटाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖