• Monday 5th of October 2026

झापामा तिम्ल्याहा सन्तान जन्माउने दम्पतीलाई सम्मान


  • धनकुटा खबर
  • .

झापा । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिका हुर्काइरहेका दम्पतीलाई सम्मान गरेको छ ।

संस्थाले धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन वर्षअघि बिर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्माएकी थिइन् ।

संस्थाले उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् । १४ वर्षअघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० जनाभन्दा बढी महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाएको उनले जानकारी दिइन् ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन पालिकाद्वारा नै सीप सिकाउने तयारी भइरहेको बताइन् ।

कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहित कोषकी कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत र उपाध्यक्ष खिला खनालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।-केन्जोखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖