• Monday 5th of October 2026

मनोज गजुरेलकी पुत्री उडिन क्यानडा, भावुक भएर यस्तो लेखे स्ट्याटस


  • धनकुटा खबर
  • .

हाँस्यब्यंग्य क्षेत्रका चर्चित कलाकार मनोज गजुरेलकी छोरी मेमेरी गजुरेल क्यानडा उडेकी छिन्। उनी उच्च शिक्षाका लागि क्यानडा गएको हुन।

मनोज गजुरेलले भावुक शब्दमा फेसबुक मार्फत छोरीको विदाई गरेका छन्।

उनले लेखेका छन्–
‘म कसरी भन्थेँ– ‘छोरी, देश छोडेर जाउ !’
माने पो भन्नू फेरी– ‘नानी, बिदेश नजाउ !’
भनेँ, लुकाई आँसु– ‘लौ त, पखेटा फिँजाउ !’
‘उड चरीझैं चारैतिर तर गुँडमा फर्केर आउ !’

उनले अगाडि लेखेका छन्–‘मायाकी डोरी, प्यारी छोरी, गजुरेल मेमोरीको क्यानाडा उडान सुरक्षित होस् । बसाई सुखद रहोस् । उच्च शिक्षा सफल बनोस् । शुभयात्रा । शुभकामना । शुभाशिष ।’

मनोज गजुरेलका छोरा मिरोज र छोरी मेमेरीसहित दुई सन्तान छन्। श्रीमती मिनासँग सम्वन्ध विच्छेद भएपछि छोरा मनोजसँग र छोरी मिनासँग वस्ने सहमति भएको थियो। तर, छोराछोरी दुवैले बाबुसँग वस्ने निधो गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖