• Sunday 4th of October 2026

यसरी गरियो मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । पाका हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा अस्पताल केन्द्रमा सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको चिकित्सकीय टोलीले उक्त अप्रेसन गरेको हो ।

शल्यक्रियापछि मदनकृष्णको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ । उनको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया तीन महिनाअघि नै गरिएको थियो ।

शल्यक्रियापछि अभिनेता श्रेष्ठले उपचारमा सघाउने चिकित्सक टोलीलाई धन्यवाद दिएका छन् । शल्यक्रियापछि मदनकृष्णले अहिले घरमै आराम गरिरहेको छोरा यमन श्रेष्ठले जानकारी दिए । मदनकृष्ण पछिल्लो समय विज्ञापनसहित महसञ्चारका सिरिजमा व्यस्त छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖