धनगढी : कैलालीको त्रिनगर नाकाबाट बरामद गरिएको सुर्ती र ग्रिनटीको प्याकेट गायब पारेको सशस्त्र प्रहरीले अँझै भन्सार कार्यालयलाई बुझाएको छैन । भदौ ६ गते त्रिनगर नाकाको पहिलो ब्यारेलबाट बरामद गरिएको सो समान भन्सार कार्यालयलाई अँझै बुझाइएको छैन । भारतकोे बनगाँवाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा डोकेबजार बस्ने सुबोध रानाबाट ३ प्याकेट ग्रिन टी र ४ प्याकेट सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको थियो । रानाका अनुसार भदौ ६ गते बुधबारका दिन भारतको बनगाँवाबाट नेपाल ल्याउँदै गर्दा सो समान सशस्त्र प्रहरीको त्रिनगर बर्डर आउट पोस्टको टोलीले बरामद गरेको हो ।
म आफै सुगरको बिरामी हुँ रानाले भने “आफ्नै लागी बनगाँवाबाट ३ प्याकेट ग्रिनटी ल्याएको थिए, त्यस संगै अन्य घरको समानपनि थियो र घरमा बुवा लागी सुर्ती खाने भएकाले केही सुर्तीपनि ल्याउँदै थिए, अरु समान छोडियो र ग्रिन टि अनी सुर्ती बरामद भयो, त्यो दिन सशस्त्र प्रहरी जवान सम्झना तामाङले मेरो समान बरामद गरेको हो, सुर्ती त ल नेपाल ल्याउन पाइदैन अबैध भएका कारण बरामद भयो मैले त्यसको खोजी गरेन तर ग्रिन टी भन्सारमा लिलाम भएपछि ल्याउँला भनेर गएको त भन्सारमा ग्रिन टी र सुर्ती आएकै छैन ।” किन बरामद गरेको भन्ने मेरो कुनै गुनासो छैन उनले भने “घरमा प्रयोग हुने सामान्य समान बाहेक अरु लिन मिल्दैन थाहा छ तर घरमै प्रयोगका लागी अली बढी समान ल्याएको थिए बरामद भयो तर बरामद भएको समान भन्सारमा बुझाउन छोडेर किन गायब पारियो मेरो प्रश्न यति हो, एदी यसरीनै गायब पार्ने चलन रहेछ भने त करोडौँका समानपनि गायब हुँदा रहेछन्, अनी सरकारलाई राजश्व कहाँबाट उठोस ।” कैलाली भन्सार कार्यालयमा सो समान आएको छैन । बिओपी त्रिनगरबाट ग्रिन टी र सुर्तीजन्य पदार्थ नआएको भन्सार कार्यालयले जनाएको छ । तथ्याकंमा हेर्दा ग्रिन टी र सुर्तीजन्य पदार्थ आएको देखिएन कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पबित्र खड्काले भने “सशस्त्रकै अधिकारीहरु संग बुझ्दापनि केही आएन भन्नुहुन्छ यतापनि तथ्याकं देखिएन कहीँ कतै छुटफुट भएको भए माथहतका कर्मचारीलाई गोदाममा हेर्न भनेको छु, यता आएको भए पाइहालिन्छ ।”
भन्सार कार्यालयमा समान नबुझाई आफै पचाएको सशस्त्र प्रहरी भने त्यही सुर्ती र ग्रिन टिको नसामा लठ्ठ झैँ छ । समान भन्सार बुझाउनुको सट्टा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म (बिओपी त्रिनगर) का प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक भरत बिसी कसैको फोन समेत उठाउँदैनन् । बिसीलाइै समान बारे बुझ्न सयौँ पटक फोन लगाइसक्दा सम्म उनको कार्यालय प्रयोजनका लागी दिइएको फोन उठ्दैन । लाग्छ की उनि त्यही समान खाएर लठ्ठ छन् । यता सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारीले भने यस बारेमा सामान्य खबर आएपछि बुझ्न लगाएको बताए । के हो वास्तविकता बुझ्ने बताएका अधिकारीले पनि हालसम्म वास्तिविकता पाएका छैनन् ।
यो सामान्य एक घटना भएपनि पछिल्लो समय त्रिनगर नाका सहित २ नम्बर घाटबाट दिनहुँ तसकरी बढेको स्थानिय बताउँछन् । स्थानियका अनुसार दैनिक कम्तिमा ५० पटक मोटरसाइकलमा समान आउने गरेको छ । वडा नम्बर २ का एक स्थानियले भने “आजभोली एउटा नेपाली नम्बरको डिस्कोभर, २ वटा भारतिय नम्बरको पल्सर मोटरसाइकलमा दैनिक भारतबाट भन्सार छलेर ५० चोटी समान तस्करी गर्ने भइरहेको छ ।” बिषेशगरी मोटर पाट्स, हार्डवेयर र कपडाका समान आइरहेका हुन्छन्, उनले भने “ठाउँ ठाउँमा सशस्त्र प्रहरीले बर्डर आउट पोस्ट स्थापना गरेको छ तरपनि दैनिक खुलेयाम तस्करी भइरहेको छ, यो सशस्त्र प्रहरीको संरक्षण बिना सम्भव छैन, सशस्त्रले बर्डर आउट पोस्ट संगै सशस्त्र प्रहरी केन्द्रिय ब्युरोको टिमपनि खटाएको छ, अनी नेपाल प्रहरीलेपनि सिमातिर निगरानी गरिरहेकै हुन्छ झन आजभोली त अनुसन्धान बिभागलेपनि आफ्नो मान्छे भन्सारमा खटाएको हुन्छ तर तस्करी नियन्त्रण कहिले हुन सकेन, उहि पुरानो रोग निको हुन सकेको छैन, यो सबै शुरक्षा निकायको मिलेमतोमा तस्करी भइरहेको छ, नेपालको राजश्व घट्दै छ, भन्सारमा सरुवा मिलाउन सक्ने शुरक्षा निकाय होस या भन्सार कर्मचारी मोटाउँदै छन्, कसरी देश बन्छ ।”-स्टेटसेभन
