• Sunday 4th of October 2026

‘जवान’ ले ४ दिनमै कमायो ५ सय करोड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।

फिल्मले हरेक दिन बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले ४ दिनमा विश्वभरबाट ५०० करोड भारू कमाएको छ। योसँगै फिल्मले सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

‘जवान’ ले शाहरूख खानकै फिल्म ‘पठान’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘पठान’ ले ५ दिनमा विश्वव्यापी रूपमा ५०० करोड भारू कमाएको थियो।

‘जवान’ ले भारतीय बक्स अफिसमा २८७ करोड भारू कमाएको छ। ७५ करोडमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५३ करोड २३ लाख, तेस्रो दिन ७७ करोड ८३ लाख र चौथो दिन ८१ करोड कमाएको हो। यो हिन्दी, तमिल र तेलुगु भाषाको कमाइ हो।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖