• Monday 5th of October 2026

सुरुङ्गमा सवारी दुर्घटनामा परी सुवेदीको मृत्यु


  • धनकुटा खबर
  • .

झापा। झापामा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

सोमबार साँझ झापाको कनकाई नगपालिका ८ सितल चोकको पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र बिपरीत दिशा तर्फ जादै गरेको प्र.१–०१–०१३ प१४१७ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा कनकाई ४ बस्ने वर्ष ५४ को देबराज सुबेदी गम्भिर घाईते भएका थिए।

गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागी बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो। उनको अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖