• Monday 5th of October 2026

यसकारण यी २७ वर्षीया महिला काठमाडौँमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । ‘मलेशिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका-२ घर भएकी तुलसा वाग्ले अधिकारी छिन् । २७ वर्षीय अधिकारी टोखामा बस्दै आएकी छन् ।

उनले खिमलाल बुढा मगर सहित दुई जनालाई ‘मलेशिया पठाउँछु, आकर्षक तलब हुन्छ’ भनेर भनेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖