• Sunday 4th of October 2026

आलोचना भएपछि प्रकाशले ‘जाले रुमाल फाट्यो’बाट हटाए भद्दा संवाद


  • धनकुटा खबर
  • .

गायक प्रकाश सपुतले ‘जाले रुमाल फाट्यो’को ‘इन्डिङ’मा समावेश भद्दा (अपाच्य) संवाद हटाएका छन् । गीत सकिएपछि प्रकाश र स्वस्तिमा खड्काले बोलेका दुई वटा संवाद भिडियोबाट हटाइएको हो ।

yONNEX
Sagarmatha Cement
दुई वर्षअगाडिको सुपरहिट गीत ‘कुरा बुझ्न पर्च’को सिक्वेलका रुपमा गत शनिवार राती समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरिएको थियो ।

भिडियोमा ‘कुरा बुझ्न पर्च’कै जोडी अभिनेत्रीद्वय स्वस्तिमा खड्का र आँचल शर्माका साथ गौरव पहारी, विशाल पहारीसँगै प्रकाश स्वयंमको अभिनय छ ।

गीत सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिन सफल रह्यो । विगतमा झैं प्रकाशको यस सिर्जनाले पनि लोभलाग्दो भ्युज पाउँदै गयो ।

गीतको पक्षलाई सबैले प्रशंसा गरे । तर, भिडियोको अन्तिममा समावेश संवादलाई लिएर भने धेरैले आलोचना गरे ।

गीतलाई चर्चामा ल्याउन प्रकाशले अनावश्यक रुपमा उक्त संवाद राखेको आरोप धेरैको थियो ।

आलोचनापछि प्रकाशले सोमवार साँझ भिडियोबाट उक्त संवाद हटाएका हुन् ।

‘जाले रुमाल फाट्यो’मा हरेक प्रकारका विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖