• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

‘भारत–मध्यपूर्व–युरोप’ जोड्ने आर्थिक करिडोरबारे चीनले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनले भारत, मध्यपूर्व र युरोपबीचको आर्थिक करिडोरको स्वागत गरेको छ । तर, यसलाई ‘भूराजनीतिक हतियार’ बनाउन नहुने पनि उसले बताएको छ ।

भारत, मध्यपूर्वका देशहरू र युरोपको करिडोरको सन्दर्भमा चीनले इटालीको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’बाट बाहिरिने प्रश्नमा खासै ध्यान दिएन।

चीनको परराष्ट्र मन्त्रालयले विकासोन्मुख देशका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने सबै प्रयासको स्वागत गरेको जनाएको छ। चीन कनेक्टिभिटी र साझा विकासलाई बढावा दिने सबै प्रयासहरूको समर्थनमा छ।

समाचार एजेन्सी पीटीआईले सोधेको प्रश्नको लिखित जवाफमा चीनले खुला, समावेशी र समन्वय निर्माण गर्ने यस कनेक्टिभिटी प्रयासलाई समर्थन गर्ने बताएको छ। तर यसलाई भूराजनीतिक हतियार बनाउनु हुँदैन ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्वका देशहरू र पूर्वी युरोपलाई जोड्ने करिडोर सुरु गर्ने घोषणा गरेका थिए ।

यो करिडोरले भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, युरोपियन युनियन, फ्रान्स, इटाली, जर्मनी र अमेरिकालाई जोड्नेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने कि यो वास्तवमै ठूलो कुरा हो। यो करिडोरलाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको जवाफका रूपमा हेरिएको छ।

जी-२० सम्मेलनको छेउमा चिनियाँ प्रधानमन्त्री ली कियाङ र इटालीकी प्रधानमन्त्री जर्जिया मिलोनीबीच बीआरआईमा वार्ता भएको बताइएको छ।

यसबारे चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङलाई सोध्दा उनले त्यसमा कुनै ध्यान दिइनन् । उनले दुई नेताबीच द्विपक्षीय विषयमा छलफल भएको बताइन् ।

दुवैले आपसी सम्बन्धलाई सुदृढ गर्दै विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इटालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभबाट बाहिरिन चाहन्छ ।

दुई महिनाअघि इटालीका रक्षामन्त्री गोइडो क्रोसेटोले एक अन्तर्वार्तामा यसलाई ‘हतार र विनाशकारी निर्णय’ भनेका थिए।

उनले यसको कारण पनि बताउँदै यो निर्णयले देशको निर्यात नबढाएको बताए ।

गुइडो क्रोसेटोले पत्रिका ‘कोरीरे डेला सेरा’लाई भने, “नयाँ सिल्क रोडमा सामेल हुने निर्णय हतार र विनाशकारी कदम थियो जसले गर्दा इटालीमा चीनको निर्यात धेरै गुणा बढेको थियो तर इटालीको चीनतर्फको निर्यात भने यथावत रह्यो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖