• Monday 5th of October 2026

दुर्लभ प्रजातिको सालक फेला


  • धनकुटा खबर
  • .

सुर्खेत। सुर्खेत जिल्लाको गुर्भाकोटमा गाउँपाकिका २ ढावामा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ ।

नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जाति भित्र पर्ने सालक गुर्भाकोट नगरपालिका वडा नम्वर २ ढाबमा फेला परेको हो ।

सोही ठाउका स्थानीय मोहन नेपालीले सालकलाई हिजो साझ करिब ८ बजे साझ फेला पारेको हुन् ।

फेला परेको सालकलाई मालारानी प्रहरी चौकीका इन्चार्ज जग्दिशबहादुर भण्डारीलाई जिम्मा लगाएका थिए । एक रात सालकलाई प्रहरी चौकी मालारानीमा राखेका थिए ।

उक्त सालकलाई गुर्भाकोट २ का वडाध्यक्ष नोखबहादुर ओलीको रोहवरमा गुर्भाकोट सबडिभिजन वन कार्यालयका फरेस्ट नरबिर नेपालिको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖