• Monday 5th of October 2026

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ ।

कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।

खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । उक्त हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।

उनीहरु हुम्लाबाट हेलिकप्टर बुकिङ गरेर पोखरा जान लागेका थिए । बुधबारको रात दाङ देउखुरीमा बिताएका उनीहरु बिहीबार बिहान पोखरा प्रस्थान गर्ने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖