• Monday 5th of October 2026

आइतवार सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतवारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत (सातौँ) माधव शर्माले बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖