• Tuesday 6th of October 2026

बढ्न थाल्यो टनेलको गोलभेँडाको भाउ, प्याज किलोको ७० रुपैयाँ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार टनेलको सानो गोलभेँडाको भाउ बढ्न थालेको मूल्यसूचीले देखाएको छ ।

अघिल्लो दिन प्रतिकिलो अधिकतम मूल्य ८० रुपैयाँ कायम भएको टनेलको गोलभेँडाको मूल्य शुक्रबार बढेर १०० रुपैयाँ पुगेको छ।

यस्तै गोलभेँडा ठूलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै प्याज सुकेको (भारतीय) को मूल्य पछि अघिल्लो दिनको तुलनामा रु २ बढेर ७० रुपैयाँ पुगेको छ भने आलु रातोको ५८, स्कुसको २०, रायो सागको ९० रुपैयाँमा कारोबार भएको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖