• Monday 5th of October 2026

डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए


  • धनकुटा खबर
  • .

काठमाडौ । सात वर्ष अघि डिभी परेर अमेरिका पुगेका आशिष भट्ट टेक्ससमा मृत भेटिएका छन् । उनी गत सेप्टेम्बर १ मै आफै बस्दै आएको कोठामा देह त्याग गरेको प्रहरीले पुष्टि गरेको छ ।

२७ वर्षीय आशिषले सेप्टेम्बर १ मा आफै प्राण त्याग गरेता पनि ५ दिन सम्म अर्थात् सेप्टेम्बर ५ सम्म उनको अवस्थाबारे अरुलाई थाहा नभएको त्यहाँको प्रहरीले बताएको इनेप्लिज डटकमले समाचार लेखेको छ ।

आशिष एक्लै कोठामा बस्ने गरेको र नेपाली समुदायसंग सम्पर्कमा नभएका कारण उनी बारे दुःखद समाचार नेपाली समुदायले ८ दिनमा मात्र प्राप्त गरेका थिए । अर्थात्, नेपाली समाज टेक्ससले सेप्टेम्बर ८ का दिन मात्र उक्त घटना बारेमा जानकारी प्राप्त गरेको थियो ।

स्व. भट्टका एक स्पानेली महिला साथीले सेप्टेम्बर ५ साँझ ५ बजे तिर प्रहरीलाई खबर गरेकी थिइन् । गत सेप्टेम्बर ११ सोमबारका दिन नेपाली समाज टेक्ससका विजय भुषाल, आशिषका आफन्त सृजन भट्ट अर्भिंग प्रहरी बिभागमा पुगेपछि प्रहरीले केही थप जानकारी दिएका थिए ।

आमाबुवाको एक मात्र छोरा र बुवा बिरामी समेत रहेकोले छोराको मुख हेर्ने अन्तिम इच्छा रहेकोता पनि संस्थाले शव नेपाल पठाउन कोसिस गर्दै गर्दा शव परीक्षण गर्ने निर्देशकले शवको स्थितिको कारण नेपाल नलैजान सिफारिस गरेको थियो ।

शव नेपाल पठाउने अवस्था नभएपछि आशिषका नेपालमा रहेका परिवार दिदीबहिनि र अष्ट्रेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा टेक्सस राज्यको ड्यालसमै अन्तेष्टि गरिने भएको छ ।

एनएसटिका बिजय भुषालका अनुसार नेपालमा शव पठाउन नपरे पछि संचालनमा ल्याइएको गो फण्ड मीमा संकलन भएको १५ हजार ६ सय ४१ डलरबाट उनको अन्त्येष्टि गरिने र बाँकी रहेको रकम नेपालमा रहेका परिवारजनलाई हस्तान्तरण गरिने भएको छ । गो फन्ड बन्द गरिएको छ । आशिष अविवाहित थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖