फिल्म ‘दिल चाहता है’ का अभिनेता रियो कपाडियाको निधन भएको छ । उनी ६६ वर्षका थिए । उनको अन्तिम संस्कार १५ सेप्टेम्बर मुम्बईमा हुनेछ । यद्यपि, उनको कुन कारणले निधन भएको हो भन्ने कुनै जानकारी छैन ।
भारतीय सञ्चारमा प्रकाशित समाचार अनुसार अघिल्लो वर्ष उनलाई क्यान्सर देखिएको थियो । रियालाई थुप्रै टिभी सिरियल र ठुला फिल्ममा देखिएको थियो । अभिनेताले आमिर खान, शाहरुख खान र रानी मुखर्जीजस्ता कलाकारसँग काम गरेका छन् ।
रियोका नजिकका साथी फैजल मलिकले उनको निधनको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘अत्यन्तै दुःखका साथ भनिरहेको छु कि हामीबीच रियो कपाडिया रहेनन् । उनले १४ सेप्टेम्बर (बिहीबार) साढे १२ बजे अन्तिम सास फेरे । ’
उनको शुक्रवार अन्तिम संस्कार गरिन्छ । उनको मृत्युलाई परिवारका सदस्यले पनि पुष्टि गरेका छन् ।
