• Monday 5th of October 2026

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा


  • धनकुटा खबर
  • .

भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयता भारत वा अस्ट्रेलिया पुग्ने देखिएको छ।

हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो।

यता भारत दोस्रो स्थानमा छ। एसिया कप २०२३ अन्तर्गत आज बंगालदेशलाई भारतले हराए तथा आजै दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरे भारत वरीयताको शीर्ष स्थानमा पुग्नेछ।

एसिया कपपछि भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदवसीय सिरिज हुनेछ। यो सिरिजले पनि विश्वकपअघि शीर्ष स्थानमा रहने टिमको टुंगो गर्नेछ।

यता पाकिस्तान तेस्रो स्थानमा झरेको छ। एसिया कपको सुपर फोरमा श्रीलंका र भारतसँग पराजित भएसँगै पाकिस्तानको वरीयता खस्किएको हो।

एसिया कपअघि पाकिस्तान विश्व वरीयताको शीर्ष स्थानमा थियो।
पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन।
यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖