• Monday 5th of October 2026

ठेकेदारको लापरबाहीले नालामा खसेर दुई वर्षीय बालकको मृत्यु


  • धनकुटा खबर
  • .

खुल्ला छाडेको नालाको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो।

आज बिहान् घर अगाडि खेलिरहेको क्रममा खुला छाडिएको चेम्बरमा खसेपछि रोहनको मृत्यु भएको हो। टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्थामा उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा मृत्यु भइसकेको स्थानीयले जानकारी दिए।

सहरी विकास मन्त्रालयले उपभोक्ता समिति मार्फत चार वर्षअघि उक्त सडक ढलान गराएका थिए तर पानी निकासका लागि बनाइएको नाला चेम्बरमा ढक्कन लगाइएको थिएन। ठेकेदार र उपमनगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गरेपनि उनीहरूले बेवास्ता गर्दा बालकको ज्यान गएको स्थानीयको भनाइ छ।-सुरेन्द्र यादव/नागरिक न्युज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖