• Monday 5th of October 2026

गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव शिक्षण अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स:मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

स:मिलमा एकै परिवारका तीन जनासहित ४ जनाको शुक्रबार राति हत्या भएको थियो ।

हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖