• Monday 5th of October 2026

गैह्रीगाउँ हत्याकाण्ड : तालिमप्राप्त कुकुरसहित अनुसन्धान टोली घटनास्थलमा, सबै नाकामा प्रहरी परिचालन


  • धनकुटा खबर
  • .

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ । गैह्रीगाउँस्थित दिव्य सःमिलमा गएराति धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको उनले बताए ।

उक्त मिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖