काठमाडौँ । शुक्रबार करिब १२ बजेर ५५ मिनेट जाँदा प्रहरीले गैह्रीगाउँस्थित काठमिलमा चार जनाको शव फेला परेको सूचना पाएको थियो । घटना भएको सःमिलमै कामदार दीपेन्द्र राई मध्यरातमा प्रहरीलाई खबर गर्न पुगेका हुन् ।
उनी ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । तर शंकास्पद गतिविधिका कारण राईलाई प्रहरीले अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ । मारिने अर्का व्यक्ति दीपेन्द्रकै आफन्त भएको बुझिएको छ ।
